बलिउड वेब सिरिजमा देखिए रोविन तामाङ, यस्तो छ भूमिका !

काठमाडौं – नेपाली कलाकार रोविन तामाङ बलिउड वेब सिरिजमा देखिएका छन् । उनी अभिनित वेब सिरिज ‘दि लास्ट आवर’ शुक्रवार रिलिज भएको हो । अमित कुमारको निर्देशन मा बनेको यस सिरिज अमेजन प्राइमको ‘पे पर भ्यू’ मार्फत रिलिज भएको हो । 

यस सिरिज रिलिज भए लगत्तै दर्शकले निकै रुचाएका छन् । उनी यस सिरिजमा यामानाडु नामक तान्त्रिक भिलेनको भूमिकामा देखिएका छन् । उनको भूमिका पनि दर्शकले रुचाएका छन् । यस सिरिजमा उनीसँगै अन्य नेपाली कलाकारको पनि अभिनय रहेको छ । सिरिजको कथा देव ९कर्मा तापा० नामको एक पात्रमा घुमेको छ । 

यस सिरिजमा उनीसँगै संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनको पनि अभिनय रहेको छ ।