जसले विश्वभर चर्चा चलिरहेकाे चन्द्रयान-२ काे ‘मिशन डिजाइन’ गरिन्

एजेन्सी। भारतले चन्द्रमामा पठाएकाे चन्द्रयान-२ काे असफलबारे विश्वभर चर्चा चलिरहेकाे छ । चन्द्रयान-२ असफल भएपछि अनेक टिकाटिप्पणी भए । इसराे प्रमुख सिवनकाे जीवनीबारे धेरै लेखिए । तर, यसै चन्द्रयान-२ ‘प्राेजेक्ट’काे प्रमुख महिला थिइन् भन्ने बारे कम मान्छेलाई मात्र जानकारी हाेला ।

यस क्रममा भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसराे)का प्रमुख के सिवन रूदै गर्दा प्रधानमन्त्री नरेन्द्र माेदीले सान्त्वना दिँदै गरेकाे भिडियाे पनि भाइरल भयाे । पुन: चन्द्रयान-२ काे विक्रम ल्याण्डर पत्ता लागेसँगै असफलतामाथि सफलता हात पर्ने विषयकाे चर्चा चुलिएकाे छ ।

भारतकाे बहुप्रतिक्षित प्राेजेक्ट चन्द्रयान-२ की प्रमुख ऋतु कारिधाल हुन । चन्द्रयान-२ काे प्राेजेक्टमा प्रमुख बन्नुभन्दा पहिले उनी मंगल ग्रहकाे ‘अर्बिटर मिशन’की प्रमुख थिइन । यसमा उनकाे मुख्य भूमिका ‘मिशन डिजाइन’ गर्ने थियाे । जसले गर्दा चन्द्रयान-२ काे लक्ष्य के हाे ? कसरी यसमा सफलता हासिल गर्ने ? भन्ने अध्ययन गर्न सहयाेग पुर्‍यायाे ।

दुई सन्तानकी आमा ऋतुले सन् २०१२ मा मंगल र चन्द्रयान-१ काे प्राेजेक्टमा समेत काम गरेकी थिइन । यस समय दिउँसाे बच्चाकाे स्याहार हेरचाह गर्नका लागि उनी रातभरि काम गर्थिन ।

उनकाे जन्म भारतकाे लखनऊस्थित निम्न मध्यम वर्गीय परिवारमा भएकाे थियाे । सरकारी स्कुलमा पढेकी ऋतु ‘फिजिक्स’ पढाउने शिक्षकबाट प्रभावित भएर त्यही विषयमा स्नातक गरिन । उनकाे पढाइ यतिमै राेकिएन । उनले ‘एयरस्पेस इञ्जिनियरिङ्ग’काे पढाइ पूरा गरिन ।