पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ संक्रमित

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमणबाट थप १ सय ४५ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५ हजार १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन् ।

१९ हजार ५ सय ३९ पीसीआर र ३ सय ४४ एन्टीजेन परीक्षणमा पीसीआरतर्फ ७ हजार २ सय १६ र एन्टीजेनतर्फ ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ६ सय ९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ८ सय ८१, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जना छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६८ जना निको भएको मन्त्रालयले जनाएको छ ।