
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार मोतिहारी-अमलेखगंज क्रस बोर्डर पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने जानकारी दिएका छन् ।
भिडियो कन्फरेन्समार्फत पाइपलाइन उद्घाटन गर्ने भन्दै सोमवार साँझ मोदीले ट्वीट गरेका हुन् ।
‘भोलि मैले र नेपालका प्रधानमन्त्रीले संयुक्त रूपमा दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दैछौं,’ भारतीय प्रधानमन्त्री कार्यालयको औपचारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ, ‘मोतिहारी-अमलेखगंजको पेट्रोलियम पदार्थ ओसारपसार गर्ने पाइपलाइनको उद्घाटन भिडियो कन्फरेन्समार्फत हुनेछ ।’
Tomorrow PM @narendramodi will jointly inaugurate the first ever cross-border petroleum products pipeline in South Asia, the Motihari-Amlekhganj (Nepal) petroleum product pipeline with @PM_Nepal via video conferencing.
— PMO India (@PMOIndia) September 9, 2019
भारत-नेपाल उर्जा निगम आयोजनाका रूपमा रहेको मोतिहारी अमलेखगंज पाइपलाइनले दुवै देशका बीचमा नजिकको सम्बन्ध रहेको संकेत गर्ने मोदीको दाबी छ ।
लगत्तै उनले अर्को ट्वीट गर्दै भनेका छन्, ‘यसले यस क्षेत्रमा उर्जा सुरक्षालाई बढावा दिनेछ र पारवहनमा लाग्ने खर्च कम गर्नेछ ।’
This India-Nepal energy cooperation project, the Motihari-Amlekhganj pipeline, is a symbol of our close bilateral relations. It will help to enhance the energy security of the region and substantially cut down on transit costs.
— PMO India (@PMOIndia) September 9, 2019