दोहाबाट हिमालय एयरलाइन्समा काठमाडौं आएका गुरुङ डेढ किलो सुनसहित प*क्राउ

काठमाडौं। डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना प*क्राउ परेका छन्।

सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो।

आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। भन्सारले प*क्राउ परेका व्यक्ति र सुनबारे अनुसन्धान गरिरहेको छ।