बहुविवाहको मुद्दामा गाउँपालिका अध्यक्ष प्रहरी हि*रासतमा

प्यूठान। गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीलाई बहुविवाहको मु*द्दाले प्रहरी हि*रासत पुर्याएको छ। पत्नीले बहुविवाहको मु*द्दा दर्ता गरेपछि आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका हुन्। भदौ १० गते गौमुखी गाउँपालिका ४ पुँजा बस्ने पत्नी सीता केसीले गिरीवि*रुद्ध मु*द्दा दायर गरेकी थिइन्।

प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर कार्कीका अनुसार उनलाई हि*रासतमा राखेर अनुसन्धान सुरु भएको छ। ‘आइतबार साँझ हाम्रो सम्पर्कमा आउनुभयो’, कार्कीले भने, ‘अनुसन्धान सुरु भएको छ। निष्कर्षमा नपुग्दासम्म हि*रासतमा राख्छौँ।’

अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको दाबी गरेका छन्। ‘विवाह लुकेर गर्ने कुरा होइन’, उनले भने, ‘विवाह गर्नैपरे सबैलाई खवर गर्छु।’ गिरीले यसअघि सम्बन्ध विच्छेदको मु*द्दा हारेका थिए। गिरी दम्पत्ति १० वर्षदेखि अलग बस्दै आएका छन्।

यसअघि सम्बन्ध वि*च्छेदको मु*द्दा आफूले हारेको प्रतिक्रिया दिँदै गिरीले सम्पत्तीको विषयमा मु*द्दा चलिरहेको बताएका छन्। पत्नी केसी दुई छोरीसँगै विजुवारमा कोठा भाडामा बस्दै आएकी छन्। उनले दोस्रो विवाह गरेको प्रमाणको आधारम मु*द्दा दायर गरेको दाबी गरेकी छन्।

गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अ*पराध संहिताको दफा १७५ को उपदफा ४ बमोजिम सजाय भोग्नुपर्ने अधिवक्ता डा. शिवराज पण्डितले बताए। दफा १७५ को उपदफा ४ मा बहुविवाह प्रमाणित १ वर्षदेखि ५ वर्षसम्म कै*द र दश हजारदेखि ५० हजार रुपैयाँसम्म ज*रिवाना हुने उल्लेख।