शृङ्खला खतिवडा पनि लागिन ‘भ्लगीङ’तिर, पहिलो भ्लग नै नेपाल कै दुर्गम क्षेत्र कर्णालीबाट (भिडियो)

काठमाडौँ। पुर्व मिस नेपाल शृंखला खतिवडाले युट्युब भ्लागिङ सुरु गरेकी छिन । कामको सिलसिलामा नेपाल कै दुर्गम र कम विकशित क्षेत्र भनेर चिनिने कर्णालीको अछाम जाने क्रममा उनले उक्त भ्लग तयार पारेकी हुन् ।

बिकशित देशहरुमा इन्टरनेटको विकास भएसंगै भ्लगीङ निक्कै चर्चित भए पनि नेपालमा भने खासै रुचाइएको छैन । केहिले यस प्रकारको भ्लगीङ गर्न सुरु गरेको भए पनि नेपालको लागी यो नया सुरुवात जस्तै हो ।

मिस वोर्ल्डको लागि चिन गए पछि एकाएक चर्चित बनेकी शृंखला खतिवडा एक नेताकी छोरी पनि हुन् । उनलाई नेताको छोरी भनेर कत्तिले गलत प्रतिक्रिया दिएपछि निरास भएको पनि शृंखला बताउछिन् । तर उनि आफैमा एक राम्रो नारी र जेहेन्दार विद्यार्थी पनि हुन् । मिस नेपाल बनेर जत्ति चर्चा बतुलिन त्यो भन्दा बढी उनि मिस वोर्ल्डको प्रतिष्पर्धा गर्न छिन् जादा चर्चित भइन । उनै चर्चित शृंखलाले युट्युबको दुनियामा पनि पाइला टेकेकी छिन् ।

हुनत यस अघि पनि मिस नेपालको समयमा उनले केहि भिडियोहरु आफ्नो युट्युब च्यानल ‘शृंखला खतिवडा’ मा अपलोड गर्ने गरेकै थिइन । तर भ्लग भने यो नै पहिलो हो । हेरौ उनको पहिलो भ्लग ।