चिनियाँ विदेशमन्त्री वाङ यी तामझामका साथ आइपुगे काठमाडौँ

काठमाडौँ। चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने भ्रमणका लागि काठमाडौँ आएका छन् । आइतवार साँझ करीब ६ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझामका साथ ओर्लेका हुन् ।

यीलाई नेपालका परराष्ट्रसचिव शंकरदास वैरागीले विमानस्थलमा स्वागत गरेका छन्।

इस्लामावादबाट चार्टर विमानमा काठमाडौँ आएका यीको विमान खराब मौसमका कारण केहीबेर आकाशमा होल्ड भएको थियो । पाकिस्तान भ्रमणमा रहेका विदेशमन्त्री यी इस्लामावादबाट सोझै काठमाडौँ आएका हुन् ।