५.४ म्याग्नीच्युडको भूकम्प, एकको मृ*त्यु

चीन । वाईयुयान क्षेत्रमा आएको ५.४ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृ*त्यु भएको छ ।

आइतबार बिहान आएको भूकम्पका कारण २९ जना घाइते भएको उद्धारकर्मीले जनाएका छन् ।

घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था ग*म्भीर रहेको अस्पतालले जनाएको छ ।

भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भ*त्किएको र अरु २ सय १५ घरमा क्ष*ति पुगेको अधिकारीहरुले जनाएका छन् ।