कृष्ण ओलीले राखे दुवै हात र खुट्टा, कृतिम हातले लेखे यस्तो पहिलो अक्षर (हेर्नुस भिडियो)

२०१९ को जनवरी १ अघि प्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो कृष्ण ओली । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा करेन्ट लाग्यो । जेठ देखि पौषसम्म कृष्ण ओलीसँग रुने रुपा र कृष्णकी आमा मात्रै थिइन । तर २०१९ को जनवरी १ मा पश्चिम रुकुम सानीभेरी ११ का समाजसेवी ऋषिराम खड्काले पहिलोपटक सिधान्युज डटकममा कृष्ण ओली र रुपा मगर ओलीको बारेमा समाचार लेखेपछि कृष्ण ओलीसँग सिंगै देश रोयो सहयोगीहरुको ओइरो लाग्यो र उनले अहिले नयाँ जीवन पाए । उनको त्यो समाचार निक्कै भाईरल भयो । (हे. फोटो)


कलाकार तथा युट्युबर शिशिर भण्डारीलाई कृष्णको भिडियोको लागि पनि ऋषिराम खड्काले नै पटक-पटक अनुरोध गरेका थिए । डिसेम्बर २३ मा भिडियो खिचिएपनि शिशिरले भिडियो युट्युबमा अपलोड गरेनन, अन्तत: जनवरी १ को सिधान्युजको समाचार भाईरल भएपछि जनवरी ६ मा उक्त भिडियो अपलोड गरियो र झनै भाइरल भयो त्यसपछी नेपालका अधिकांश मिडिया, सेलिब्रेटी समाजसेवी सबैको ध्यान केन्द्रित भयो कृष्ण र रुपामा ।

कृष्ण रुपाको जीवनमा बिगत केहि महिना सोचेभन्दा फरक बन्यो देश विदेशबाट लाखौँ करोडौँ सहयोग आयो । अमेरिका स्थित नेपालीमुलका भुटानी इन्द्रप्रसाद ओलीको पहलमा ८२ लाख बढी सहयोग उठ्यो । नेपालमै खुट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर ओली सँग अहिले मुम्बईमा छन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राखेका छन् । कृष्णले अहिले बायोमेट्रिक हात राखेर अभ्यास गरिरहेका छन ।

कृष्णले कृतिम हातले पहिलो अक्षर रुपा लेखे । कृष्णलाई हरेक सुख दुखमा साथ रुपाले दिएकि छिन । कस्तै कठिन परिस्थितिमा पनि बिचलित नभएपछी रूपाका प्रशंसक पनि बढ्दो छन् । पहिलो पटक कृतिम दुवै हात र खुट्टामा यस्तो देखिए कृष्ण भिडियोमा हेर्नुहोस: