
व्यवसायी किशोरकुमार प्रधान नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्रधानलाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको हुनेछ ।
व्यवसायी प्रधान केहि समयअघि मात्र नेकपा एमालेमा प्रवेश गरेका थिए ।
उनी नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध रहेका छन् ।
यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका थिए ।