खनाल नेपाल समूह कारबाहीको लायक छन्, कारबाही हुन्छ

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्व सरकार समूह कारबाहीको भागीदार रहेको भन्दै उनीहरुलाई कारबाही हुने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको जिकिर गरे।

बैठकका सहभागी एक सांसदका अनुसार ओलीले खनाल–नेपाल समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने भएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही अघि बुटवलमा आयोजित एक कार्यक्रम सार्वजनिक रुपमै माधव नेपाल समूहको योजनाबारे खुलासा गरिसकेको उनको भनाइ थियो।

उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे । ‘भेलाका अगुवाहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ’, ओलीले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं। ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । आफ्नै गतिविधिले उहाँहरु कारबाहीका भागिदार हुनुहुन्छ।’

उनले कार्यकर्ताले अलमलिनु आवश्यक नरहेको भन्दै ओलीले एमाले एकढिक्का भएर अघि बढ्ने पनि बताए