ओली समूह छाडेर छक्कबहादुर लागे प्रचण्ड-नेपालतिर

नेकपा सांसद छक्कबहादुर लामा राजनीतिक रुपले विभाजित नेकपाको ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहतिर लागेका छन् ।

हुम्लाबाट निर्वाचित लामाले एक विज्ञप्ती जारी गर्दै आफू प्रचण्ड–नेपाल समूहतर्फ गएको बताएका हुन् ।

लामालाई नेकपाको ओली समूहले केन्दीय सदस्य बनाएको थियो ।

उनले आफूले ओली समूहबाट पाएको पद अस्वीकार गर्दै प्रचण्ड–नेपाल समूहमा गएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा राजनीतिक रुपमा विभाजित भएसँगै नेकपाका नेताहरुले आफ्नो आफ्नो समूह छानिरहेका छन् ।