बस पार्कमा तनाव: नयाँ यातायात प्रालिको काउन्टर हटाउन दबाब

धनगढीः कैलालीको धनगढी बस पार्कमा बस काउन्टर सञ्चालनको विषयलाई लिएर व्यवसायीबीच तनाव सिर्जना भएको छ। हालै सञ्चालनमा आएको शिवपुरी यातायात प्रालिले काउन्टर राखेपछि त्यहाँस्थित पहिलैदेखि काउन्टर सञ्चालन गर्दै आएका बस व्यवसायीहरु विरोधमा उत्रिदा तनाव सिर्जना भएको हो।

पहिलेदेखि नै यातायात सञ्चालन गर्दै आएको कैलाली यातायात पूालिलाई बस पार्कमा काउन्टर नदिएको तर नयाँ दर्ता भएको शिवपुरी लक्जरी कोच प्रालिलाई धनगढी उपमहानगरपालिकाले काउन्टर सञ्चालनको अनुमति दिएपछि पहिलैदेखि यातायात सञ्चालन गरेका यातायात व्यवसायीले विरोध सिर्जना गरेका हुुन्।

गत असारमा दर्ता भएको शिवपुरी लक्जरी कोच प्रालिले धनगढी बसपार्कमा टिकट काउन्टर सञ्चालनका लागि उपमहानगरपालिकाबाट अनुमति पाएको छ । तर अन्य ६ यातायात प्रालिहरुले विरोध जनाएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले तनाव सिर्जना भएपछि प्रहरी परिचालन गरेको जानकारी दिए।