७० लाख नदिए अ’र्धनग्न तस्वीर सार्वजनिक गर्ने भन्दै धम्की दिने प’क्राउ

७० लाख रुपैयाँ नदिए साथीकै अ’र्धनग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने पुरूष प’क्राउ परेका छन्।

प्रहरीले विराटनगर उपमहानगर-३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मीलाई प’क्राउ गरेको हो। उनलाई प्रहरीले जिल्ला अ’दालत काठमाडौंबाट अनुमति लिई बिहीबार नै प’क्राउ गरेको साइबर ब्युरोले जनाएको छ। ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालका अनुसार उनले एउटा फेक इमेल बनाएका थिए।

जसमार्फत् उनले चिनेका एक महिला साथीलाई आफूसँग उनको अर्धनग्न तस्वीर भएको बताएका थिए। उनले ती महिला साथीसँग ७० लाख रुपैयाँ माग राखे। नदिए सो तस्वीरहरू सार्वजनिक गरिदिने धम्की दिएको एसएसपी अर्यालले बताए। ब्युरोमा सुमन रेग्मीले यौन उत्पीडन गरेको, रकम माग गरेको, हैरानी दिएको भन्दै जाहेरी परेको थियो।

सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यसैगरी नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराधको मुद्दामा अर्का एक जनालाई पनि प’क्राउ गरेको छ। चितवन माडी नगरपालिका-६ कल्याणपुरका ३५ वर्षीय थमबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो। ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। उनलाई चितवन प्रहरीको सहयोगमा प’क्राउ गरेको हो।

उनले फेक फेसबुक बनाइ नजिकैका नाता पर्ने महिलालाई यौ’नजन्य, अ’श्लिल सन्देश तथा तस्वीर पठाएको आरोपमा प’क्राउ गरेको हो। उनले ती महिलालाई यौ’नअश्लिलतायुक्त अ’नर्गल सामग्री पठाएर अपमान तथा हैरानी दिएपछि ब्युरोले उनलाई प’क्राउ गरेको हो।