कक्षा ५ मा पढ्ने विद्यार्थीले आफ्नै महिला प्रिन्सिपलसँग माया बसेर प्रेमपत्र लेखेपछि…

काठमाडौं । शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई लिएर समय समयमा अनेक घटनाहरु हुने गर्छन । कक्षा ५ मा पढ्ने बालकले आफ्नै महिला प्रिन्सिपलसँग माया बसेर प्रेमपत्र लेखेको कुरा बाहिर आएको छ । भारतमा हालै एउटा तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

विद्यालय पोशाकमा रहेका बालकको हात खुट्टामा डोरी लगाएर राखिएको अवस्थाको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सो तस्विरको वास्तविकता थाहा पाउने व्यक्ति भने पहिला निकै आश्चर्यमा पर्नेछ । उनीहरुलाई विद्यालयको प्रिन्सिपलको निर्देशनमा त्यसरी हातखुट्टामा डोरी लगाएर राखिएको समाचारमा बताइएको छ ।

एउटा तिन कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दिइएको सजायको कारण भने निकै उदेकलाग्दो छ । सामाजिक सञ्जालमा भाइरल भएको यो घटना भारत, आन्ध्र प्रदेशको एक विद्यालयको हो । अनन्तपुर जिल्लाको कादिरी नगरपालिकास्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयमा अध्ययनरत यि बालकले आफ्नै प्रिन्सिपललाई प्रेम पत्र लेखेका हुन् ।

आफ्नै विद्यालयको प्रिन्सिपललाई प्रेम पत्र लेखेका कारण बालकलाई त्यसरी डोरी लगाइएको हो । जानकारी अनुसार ति अबोध बालकको मनमा आफ्नै विद्यालयको प्रिन्सिपल माथि माया पलाएपछि उनले प्रेम पत्र लेखेका थिए । प्रोढ उमेरकी ति महिला प्रिन्सिपलका लागि त्यो सह्य भएन । उनले बालकलाई सम्झाउनुको साटो सजाय दिने निर्णय गरिन् ।

उनकै निर्देशनमा बालकलाई हात खुट्टामा डोरी राखिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा तस्विर भाइरल भएपछि यस विषयमा धेरै टिप्पणी आउन थालेका छन् । अधिकांशले त्यसरी सजाय दिन निर्देशन दिने प्रिन्सिपलको आलोचना गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रिन्सिपललाई कारवाही गर्नुपर्ने माग समेत राखेका छन् ।

माया सबैको मनमा हुन्छ । अनि माया गर्नका लागि उमेर वाधक बन्दैन, अनि को कुन हैसियतको भन्ने पनि चिन्दैन । सामाजिक सञ्जालमा तस्विरसहित उक्त घटना सार्वजनिक भएपछि सामाजिक कार्यकर्ताहरु प्रिन्सिपलमाथि कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् ।