
पाकिस्तानका तीव्र गतिका बलर मोहमद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
उनले संन्यास लिने निर्णय गरेको पाकिस्तान क्रिकेट बोर्डले पुष्टि गरेको छ। २८ वर्षीय आमिरले पाकिस्तानका लागि ३६ टेस्ट, ६१ एकदिवसीय र ५० टी-२० खेल खेलका छन्। हालै मात्र उनले लंका प्रिमियर लिग खेलेका थिए।
आमिरले क्रिकेट छाड्नुको कारण मानसिक तनाव भएको बताएका छन्। उनले केहि अघि पाकिस्तानको समा टिमलाई दिएको अन्तर्वार्तामा पाकिस्तान क्रिकेट बोर्डले मानसिक तनाव दिएको बताएका थिए।
आमिर २०१० मा इंग्ल्यान्डमा खेलिएको टेस्ट खेलका दौरान स्पट फिक्सिङमा मुछिएका थिए। जसका कराण उनीमाथि प्रतिबन्ध लगाइएको थियो। उनी सन् २०१७ देखि फेरि क्रिकेटमा फर्किएका थिए।