‘मृ’त्युलाई जितेर फर्किएँ’ – सांसद विश्वकर्मा

कोरोना संक्रमणका कारण ३६ दिनसम्म अस्पताल बसेका कांग्रेस सांसद मीन विश्वकर्माले आफ्नो स्वास्थ्यबारे चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनले आफु जीवन र मृ’त्युको दोसाँधमा हुँदा उपचारमा खटिएका स्वास्थ्यकर्मी, राम्रो उपचारकालागि चासो राखेर पहल गरिदिने राष्ट्रपति, प्रधानमन्त्री, र स्वास्थ्यमन्त्री तथा पार्टीका नेता, कार्यकर्ताहरुलाई विहीबार विज्ञप्तिमार्फत धन्यवाद दिएका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले कोरोना संक्रमणले बनाएको स्वास्थ्य जटिलताका बाबजुद आफुले मृत्युलाई जितेर फर्किएको बताएका छन् ।

‘३६ दिनको अस्पताल बसाईपछि घर आएको पनि आज १६ दिन भयो, स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएपनि अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन,’ उनले विज्ञप्तिमार्फत भनेका छन् । विश्वकर्मालाई अझैपनि खोकीले सताइरहेको छ । नेता विश्वकर्माले चिकित्सक र स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरुको साथ, शुभेच्छा र मायाले आफुले पुनर्जीवन पाएको बताएका छन् ।

उनले आफु फोन उठाउन सक्ने अवस्थामा नरहेको भन्दै फोन नगर्न र त्यसको सट्टा म्यासेज गर्न आग्रह गरेका छन् ।