‘चन्द्रयान २’ फेल हुँदा पाकिस्तानले उडायो भारतको खिल्ली

एजेन्सी। भारतको महत्वकांक्षी मानिएको चन्द्रयान २ अन्तिम चरणमा आएर असफल भयो । प्रधानमन्त्री मोदी नै भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को कक्षमा पुगि प्रत्यक्षरुपमा यस अभियानलाई नियालिरहेका थिए तर अन्तिम चरणमा आएर चन्द्रयानसंग सम्पर्क टुट्न पु्ग्यो । मोदीले यो अभियान असफल भए पनि देशका लागि महत्वपुर्ण रहेको र यो अभियानले निरन्तरता पाउँने बताएका छन् ।

चन्द्रयान अभियान असफल हुँदा भारतीय जनता दुखी भईरहेको समय यता पाकिस्तानले भने यसको खिल्ली उडाएको छ । पाकिस्तानका मन्त्री फवाद चौधरीले चन्द्रयान २ अभियान असफल भएको भन्दै भारतको खिल्ली उडाएका हुन् । चौधरीले ट्वीटरमा लेखेका छन् “जुन काम गर्न आउँदैन त्यसमा दुस्साहस गर्नु हुँदैन डियर इन्डिया” । उनले यति ट्वीट गरिरहँदा भारतीयहरु भने उनीमाथि बर्सिएका छन् ।

उनीहरुले पाकिस्तान भारतको बिकास र सफलतामा डाहा गर्ने गरेको भन्दै गाली बर्सारहेका छन् । कतिले पाकिस्तानलाई चन्द्रमा सम्म पुग्न २० / २५ बर्ष अझै लाग्ने भन्दै उसलाई त्यतीन्जेलसम्म आराम गरेर बस्न पनि सल्लाह दिएका छन ।

यतिमा मात्र उनी चुप लागेका छन् । त्यसपछि मन्त्री चौधरीले चन्द्रयान २ लाई लिएर भारतको खिल्ली उडाउँदै कयौँ ट्वीटहरु गरिरहेका छन् । त्यसोत अन्तरिक्षको मामिलामा भने पाकिस्तान भन्दा भारत अगाडी रहेको छ । पाकिस्तानले भन्दा भारतले यस अभियानलाई सुरु गरेको थियो भने उसले मंगल मिसनमा समेत सफलता पाईसकेको छ ।