अमिताभलाई समेत उछिन्दै फोर्ब्स सूचीको शीर्ष स्थानमा परिन् भारतीय गायिका नेहा कक्कड

एजेन्सी-चर्चित भारतिय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा परेकी छन्। बलिउड अभिनेता अमिताभ बच्चनलाई समेत उछिन्दै उनी फोर्ब्स सूचीको शीर्ष स्थानमा परेकी हुन् ।

नेहा आफैले यो खबर सामाजिक सन्जालमार्फत् जानकारी गराएकी हुन् ।उनले भनेकी छिन्, ‘स्वयंप्रति निकै गर्वान्वित छु। तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु।

धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद।’फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । इन्डियन आइडलकी निर्णायकसमेत रहेकी नेहा केही समय पहिले गायक रोहनप्रित सिंहसँग विवाह बन्धनमा बाधिएकी थिइन् । बिहे पछि उनीहरु हनिुमन गएका तस्विर सार्वजनिक भएका थिए ।