आइसीसीको नयाँ वरियता : धोनी भन्दा पारस खड्का अगाडि

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले टी २० को नयाँ वरियता सार्वजनिक गरेको छ । जसमा तीन जना नेपाली खेलाडी अटाएका छन् । नेपाली क्रिकेट खेलाडी पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले बरियतामा स्थान बनाएका हुन् । नेपाली राष्ट्रिय टोलीका कप्तान खड्का टी २० अलराउण्डर तर्फ २७ औ स्थानमा छन् । उनले भारतका रोहित शर्मा, वेस्ट इण्डिजका क्रिस गेललगायतलाई पनि पछि पारेका छन् । त्यस्तै सोमपाल ६७ औं स्थानमा अटाएका
छन् ।

त्यस्तै ब्याटिङतर्फ पारस ६८ औं स्थानमा रहेका छन् । उनी भन्दा पछाडि भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी परेका छन् । उनी ६९ औ स्थानमा छन् । बलिङमा सोमपाल र बसन्तले स्थान बनाएका छन् । बसन्त ७२ औं स्थानमा छन् भने सोमपाल ७८ औं स्थानमा छन् ।

यो पनि समाचार, कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह अल्मुतारी र फहाद अल्हाजेरी, बदेर अल अल्मुट्वा, रिधा अबुजा बरा र हुसेन अल मोसाविले एक एक गोल गरे ।

बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो । कुवेतसँगको हारसँगै समूह ‘बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ । यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ । जोर्डनले चाईनिज ताईपेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।

त्यस्तै ब्याटिङतर्फ पारस ६८ औं स्थानमा रहेका छन् । उनी भन्दा पछाडि भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी परेका छन् । उनी ६९ औ स्थानमा छन् । बलिङमा सोमपाल र बसन्तले स्थान बनाएका छन् । बसन्त ७२ औं स्थानमा छन् भने सोमपाल ७८ औं स्थानमा छन् ।