कोरोना संक्रमितको सेवामा जुटेकी यी नर्सलाई भयो प्यारालाइसिस

काठमाडौं । कोरोना संक्रमितको सेवामा जुटेकी नायिका प्यारालाइसिसको सिकार भएकी छिन् । बलिउड बादशाह शाहरुख खानको ‘फ्यान’ र सुजित सरकारको ‘रनिङ शादी’ मा अभिनय गरेकी शिखा मल्होत्रा अहिले प्यारालाइसिसको बिरामी भएकी हुन् ।

पेशाले नर्स उनी प्यारालाईसिस भएपछि अस्पताल भर्ना भएकी छिन् । भारतमा लकडाउन भएको बेला उनले मुम्बईको जोगेश्वरी स्थित हिन्दु हृदय सम्राट बाला साहेक ठाकरे ट्रमा केयर अस्पतालमा कोरोना आइसोलेसन वार्डमा काम गरेकी थिइन् ।

बिरामीको उपचारकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमणलाई जितेकी शिखा अहिले प्यारालाइसिसको बिरामी भएर मुम्बई स्थित कपुर अस्पताल भर्ना भएकी छिन् । उनको शरिरको दायाँ भाग चल्दैन । बोल्न पनि सक्दिनन् ।