नर्सिङ होममा आ’गलागी, ११ जनाको मृ’त्यु

रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आ’गलागी हुँदा कम्तीमा ११ जनाको मृ’त्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ।

मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आ’गलागी भएको रूसी अधिकारीले बताएका छन्।
अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५ मध्ये चार जनाले भागेर ज्यान बचाएको र ११ जनाको मृ’त्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राजधानी मस्कोदेखि एक हजार ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको इसविल्डनो गाउँमा उक्त घटना भएको हो। घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र आ’गलागी र यसमा सञ्चालकको लापर्बाहीबारे अनुसन्धान गर्न सरकारले एक समिति बनाइसकेको र थप जानकारी अनुसन्धानपछि दिन सकिने प्रहरीले बताएको छ।