ए*सिड पी*डित मुस्कानको सरकारलाई आग्रह: दो*षीलाई घण्टाघरमा झु*ण्ड्याएर मा*रियोस् (भिडियाे)

काठमाडौं। आफूमाथि ए*सिड प्र*हार गर्ने दोषीलाई फाँ*सीको स*जाय दिन मुस्कान खातुनले माग गरेकी छिन्। शुक्रबार वीरगञ्जको छप्कैयामा स्कुल जाने क्रममा १५ वर्षीय मुस्कानमाथि ए*सिड प्र*हार भएको थियो।

उनलाई सोही गाउँमा बस्ने समसाद आलमले ए*सिड प्र*हार गरेका थिए। रेशमकोठी स्थित त्रिभुवन उच्च माविमा ९ कक्षामा अध्ययनरत मुस्कान बिहान ६ बजे स्कुल जाँदै गर्दा बाटोमा समसाद आलमले ए*सिड प्र*हार गरेका थिए।

उनलाई पहिले नारायणी अस्पतालमा उपचारका लागि राखिएको थियो र थप उपचारका लागि शुक्रबार नै राजधानीको कीर्तिपुरस्थित बन अस्पतालमा भर्ना गरिएको थियो।

शनिबार बीएल नेपाली सेवासँग कुरा गर्दै मुस्कानले भनिन्, ‘दो*षीलाई फाँ*सी होस्। घण्टाघरमा झु*ण्ड्या*एर मा*रियोस्। मलाई जस्तो अरुलाई नहोस्।’ भिडियो हेर्नुहोस…