समाजले निस्सन्तान महिला भनेर बोलाउँथे, ७६ वर्षकी उमेरमा जुम्ल्याहा बच्चा जन्माएर देखाइ दिइन्

भारत। दक्षिण भारतमा एक ७६ वर्षीया महिलाले स्वस्थ जुम्ल्याहा बच्चाहरुलाई जन्म दिएकि छिन् । आन्ध्र प्रदेशका मंगयाम्मा यारामती र सीताराम राजारावले आइभिएफबाट जुम्ल्याहा बच्चा जन्माएका हुन् । उनीहरुका कुनै सन्तान थिएनन् जसका कारण समाजमा धेरैले लाचना लगाएका थिए।

यारामतीले भनिन्, ‘समाजमा उनीहरूले मलाई निस्सन्तान महिला भनेर बोलाउँथे । हामीले धेरै चोटि प्रयास गर्यौँ र असंख्य डाक्टरहरूलाई भेट्यौँ, त्यसैले यो मेरो जीवनको सबैभन्दा खुसीको समय हो ।’

डाक्टरका अनुसार बिरामीलाई वैज्ञानिक तरीकाले हेरचाह गरिएको थियो । आन्ध्र प्रदेश किमंगयाम्मा यारामती र सीताराम राजारावका दुवै सन्तान स्वस्थ रहेको डाक्टर उमाशंकरले बताइन् । उमाशंकरले भनिन्, ‘उपचारको क्रममा हाम्रा तीन चिकित्सकहरू थिए । एउटाले उनको सामान्य स्वास्थ्यको हेरचाह गरे, एकले उनको पोषण स्थिति हेरचाह र अर्कोले उनको गर्भावस्थाको हेरचाह गरेका थियौँ ।’

मंगयाम्माको २५ वर्षमा नै रजश्वला प्रक्रिया बन्द भएको थियो। त्यसैले अण्डा दाताबाट लिएर आइभिएफ मार्फत राजारावको शुक्राणुसँग उर्वर गरिएको थियो । भाग्यवस, उनी पहिलो चक्रमा गर्भवती भइन् । जुम्ल्याहा बुबाले भने, ‘हामी अविश्वसनीय रूपमा खुसी छौँ ।’

मंगयाम्मा गर्भधारण गर्ने सबै भन्दा जेठो महिला हुन सक्ने डाक्टरले बताए । २०१६ मा भारतीय महिला दलजिंदर कौरले एउटा छोरो जन्माएकि थिइन् । उनले ७२ वर्षमा छोरा जन्माएकि थिइन् ।