रविकी शुभचिन्तकको किशोर श्रेष्ठलाई जवाफ, ‘अब जनताले तिम्रो टाउकोमा ब*म फुटाल्ने छन्’

काठमाडौं। ईहुलाकीको युटुव च्यानल मार्फत सिधा कुरा जनतासँग’ का प्रोड्युसर दीपक बोहराबीचको कुराकानी लिक भएपछि जापानबाट रविकी एक शुभचिन्तक ज्वाला संग्रौलाले सामाजिक सन्जालमार्फत प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई कडा जवाफ पठाएकी छिन्। उनले श्रेष्ठलाई भनेकी छिन्, ‘अब जनताले तिम्रो टाउकोमा ब*म फु*टाल्ने छन्।’ प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र रवि लामिछानेले सञ्चालन गर्ने ‘सिधा कुरा जनतासँग’ का प्रोड्युसर दीपक बोहराबीच भएको टेलिफोन कुराकानी बाहिरिएपछि ज्वालाले सामाजिक सञ्जालमा यस्तो लेखेकी हुन्।

लिक भएकाे कुराकानीमा श्रेष्ठले ‘‘मैले चाहेमा तपाईंहरुलाई मिनेटमै सिध्याउन सक्छु तर म त्यो गर्दैन।’’ भनेका छन्, उनले ‘‘अनावश्यक पंगा नलिनुस्। आचारसंहितामा बस्नुस्। सिद्धान्तमा बस्नुस्। गरेर खानुस्। मेहनत गर्नुस् भनेको हो कि होइन ? मैले कोडअफ कन्डक्ट हेर्ने हो। अमेरिका छोडेर नेपाल आएर प्रेसपास लिनुस् पहिले नै भनेको हो कि होइन ?’’ अध्यक्ष श्रेष्ठले ‘‘तपाईं रविको कुरा नगर्नुस्। आफ्नो कुरा गर्नुस्। रविलाई कहाँ कसरी ठेगान लगाउनुपर्छ वा उकास्नुपर्छ ? त्यो त मलाई थाहा छ’, भनेको वार्तामा सुनिएको छ।