दुई दिनदेखि हराइरहेकी बालिका स्मृति मृ*त अवस्थामा भेटिइन्

चितवन। भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृ*त अवस्थामा फेला परेकी छिन् । कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृ*त भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।

अस्पतालले मृ*त घोषणा गरेको हो । उनको श*व परीक्षणका लागि अस्पतालमा राखिएको छ।