डलरबाट परिचालित राजाबादी प्रदर्शनले पृथ्वी उल्टिए पनि राजतन्त्र नफर्किने : मंगल थापा

अनेरास्ववियुका नेता मंगल थापाले विदेशी डलर बाट परिचालित राजाबादी प्रदर्शनले पृथ्वी उल्टिए पनि राजतन्त्र नफर्किने आरोपका साथै दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा बोल्दै आज उनले राजतन्त्रको चिहानमा आराधना भइरहेको भन्दै राजतन्त्र फर्कने सपना नदेख्न भनेका छन। थापाले गणतन्त्र र धर्म निरपेक्षतालाई खतरामा पार्न खोज्नेहरु विदेशी डलरबाट प्रभावित रहेकाले कुनैपनि हालतमा सफल नहुने दाबी गरे।

भिजन र विचार नभएका राजावादीहरु नेकपालाई कमजोर पार्न खोज्दै मात्रै छैनन्, दलित, जनजाती, महिलावर्गलाई पुनः पिडामा धकेल्न खोज्दैछन्,उनले भने जनताले शासन व्यवस्था मात्रै परिवर्तन खोज्दैनन्, लिम्पियाधुरा, कालापानी, लिपुलेक बेच्नेहरुलाई समेत माथी उठ्न दिने छैनन्।