कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो, देशभर १३ हजार सक्रिय संक्रमित

सोमबार नेपालमा थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६२८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६१४ पुगेको छ।

यस्तै हालसम्म ५२७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म देशभर १७ लाख ९० हजार ७३९ जनाकाृ पीसीआर परिक्षण भएको छ ।