बेहुली बन्दा यस्ती देखिइन् स्वेता (तस्बिरहरु)

नायिका स्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छन्। उनले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गरेकी हुन्। उनीहरुको विवाह गोकर्ण रिसोर्टमा भएको हो।

यो स्वेताको दोस्रो विवाह हो। उनको नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ मा विवाह भएको थियो। त्यसको एक महिनापछि साउनमा श्रेष्ठको उपचारका क्रममा असामयिक निधन भएको थियो।

उनले ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली चलचित्रमा डे्ब्यू गरेकी थिइन्।

विवाहका लागि सजिएकी स्वेताले आफ्ना इन्स्टाग्राममा विजयन्द्रसँगका केही तस्बिर राखेकी छन्।

आज बिहेमा श्रिकृष्ण श्रेष्ठ आउन मिल्ने भए यसो भन्थे होला…