अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै

अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

नायिका श्वेता चलिचत्रसँगै विभिन्न व्यवसायमा आबद्ध छिन् । नायिका श्वेताले आफ्नाे विवाहकाे पूर्वसन्ध्यामा फेसबुकमा एक लेख लेखेकी छिन् । उनले एकल जीवनमा सहयात्री पाएकाे र विवाह गर्ने निर्णयसम्म पुगेकाे बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ? मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ’ भन्ने सोच बोकेका दुई चार जनालाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको एक महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी विधुवी बहिनीले पूरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केहीलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर मप्रति सहानुभूति राख्ने, मलाई सदैव खुसी देख्न चाहने अनि सधैँ मेरो सफलताको कामना गर्ने लाखौँ शुभचिन्तकको आशीर्वाद, सद्भाव र शुभेच्छाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुई/चार जनाले स्वत: हार खानेछन् ।’

https://www.facebook.com/shwetakhadkaofficialnp/posts/3034168336683290