पार्टी विभाजन रोक्न माग गर्दै रिले अनसन

नेकपालाई विभाजनबाट रोक्नुपर्ने भन्दै डडेलधुरामा पार्टी कार्यकर्ता अनसनमा बसेका छन् । डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहोराले पाँचबुँदे माग राख्दै आजबाट रिले अनसन सुरु गरेका हुन् ।

उनले नेताहरुले पार्टी विभाजन रोक्नुपर्ने, व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्ने , पार्टीका अध्यक्षद्वयले प्रस्ताव फिर्ता लिएर छलफल अघि बढाउनुपर्ने, पार्टी एकताका काम सम्पन्न गर्दै महाधिवेशनसम्म पुर्याउनुपर्ने लगायतका माग राखेका छन् । अनसनरत केसी पत्रकार महासंघ डडेलधुराका सहसचिव र प्रेस संगठन नेपाल सूदुरपश्चिम कमिटी सदस्य पनि हुन् ।