वामदेव गौतमलाई फकाउन ओली पक्ष अथक प्रयासमा

स्थायी कमिटि बैठक अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले उपाध्यक्ष वामदेव गौतमलाई फकाउने प्रयास गरेका छन् ।

ओली पक्षीय नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आइतबार बिहान गौतमलाई टेलिफोन गरेर फकाउने प्रयास गरेका हुन् । उनले

गौतमलाई आगामी चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेर ओली पक्षमा ल्याउने प्रयास गरेका हुन् ।

यस्तै ओली निकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादल गौतमलाई फाउनका उनकै निवास भैँसेपाटी गएका छन् ।

भैँसेपाटीमा बादल र गौतमबिच छलफल भएको पुष्टि नेता गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले गरेका छन् । तर दुई नेताबिच भएको कुराकानीको विषय भने आफूलाई जानकारी नभएको उनले बताए ।

नेकपाको स्थायी कमिटि बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अध्यक्ष ओली नपुग्दा सुरु हुन सकेको छैन। ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य धुम्बाराही पुगेका छन् । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।