दल खो’लेर प्रतिस्पर्धामा आउन पूर्वराजालाई चुनौति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । देशभर राजा वादीहरुको प्रदर्शन भइरहेको बेला उनको यस्तो अभि व्यक्ति आएको हो । पूर्वमन्त्री समेत रहेका तामाङले भने, ‘पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं ।’

कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने बताए । उनले यो संविधान बाहेक देशमा अर्को संविधान हुन नसक्ने बताए अर्को प्रसंगमा उनले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक प्रतिवेदन समायोजन गरी एउटै राज नीतिक प्रतिवेदन ल्याउने सहमति बनेको दावी गरे । उनले पार्टी कुनै हालतमा नफुट्दै भन्दैैै सहमतिको ढोका खुलेको बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै पार्टीमा पछिल्लो समय उठेका कतिपय विषयहरुको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति समेत बनेको बताए। ‘नेकपा कुनै हालतमा फुट्दैन,’ पूर्वमन्त्री समेत रहेका नेकपा नेता तामाङ ले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन समायोजन गरी एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।’

एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताए । तामाङले अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदनको आरोप प्रत्यारोपलाई फिर्ता लिएर सकारात्मक र समिक्षात्मक विषय समावेश गरी साझा प्रतिवेदन बनाइने सहमति भएको दावी गरे । ओली र प्रचण्डबीचको एक्लाएक्लै वार्ताले सहमतिको बाटो खुलाएको समेत उनको भनाइ थियो । पार्टीभित्र बहस र विवाद हुनुलाई सामान्य भन्दै समस्याको समाधान गरिने बताए ।