देशवासीको नाममा पूर्वराजा शाहको सम्बोधन : अब म फर्किने समय आएको महशुस भयो

पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहे शासन सत्ता आफ्नो हातमा लिने जनाउ दिनु भएको छ। फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई बक्सेकाे विशेष सन्देश भन्दै भाइरल भइरहेको विज्ञप्तीमा शाहले ‘देशले मागेको सहयोग’ गर्न सम्पूर्ण देशवासीलाई अपिल गर्नु भएको छ।

विज्ञप्तीमा भनिएको छ

आज (वि.सं. २०७७ मंसिर १९ गते) देशवासीलाई बक्सेकाे विशेष सन्देश (अनाैपचारिक अनुवाद)

प्यारा देशवासी दिदीबहिनी तथा दाजुभाई,हाम्रा सवै मित्र, सहयाेगी तथा शुभचिन्तकहरूलाई आफ्ना व्यक्तिगत तुष्टी, पूर्वाग्रह र अनावश्यक शंका-उपशंका गर्नबाट टाढै रही ‘देशले माँगेकाे सहयाेग गर्न’ म सवैमा विनम्रतापूर्वक अनुराेध गर्दछु ।

अहिलेकाे समय नेता वा नेतृत्वकाे खाेजी गर्ने बेला हाेइन, बरु आफूले सदैव विश्वास गरेकाे आस्थाकेन्द्र बारे अन्तरमनले हेर्ने र उनकाे आवाज सुन्ने बेला हाे ।केही प्रश्नहरू भए तपाईहरूले छातीमा हात राखेर आफ्नाे मनलाई सवैभन्दा पहिले साेध्ने, र मनका कुरा सुनेर आफ्नाे निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेकाे छ । अव तपाईहरूसमक्ष आफ्नाे देशभक्ति प्रदर्शन गर्ने चुनाैति आएकाे छ !

आ-आफ्नाे सामर्थ्य र गच्छेअनुसार जे-जस्ताे तरिकाले भए पनि आफ्नाे अटल समर्थन र विश्वास अभिप्रकट गर्न तपाईहरूले आम जनसमुदायकाे आकाँक्षालाई सफलीभूत पार्न जनताले चालिरहेका कदमहरूलाई साथ दिनुहुनेछ भन्ने कुरामा म दृढविश्वस्त छु ! कृपया, याे आव्हानलाई तपाईहरूले आफ्नाे मातृभूमीकाे पूकार सम्झिनु हाेला ! जय देश !

Share this: