राजश्वका कर्मचारीलाई डा.बाबुराम भट्टराईले कक्षामा यसरी पढाए (फोटोफिचर)

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई राजश्व प्रशासन समूहका कर्मचारीलाई कक्षा लिएका छन् । शुक्रबार ललितपुरमा तालिमका क्रममा रहेका कर्मचारीलाई मुलुकको अर्थ–राजनीतिका विविध विषयमा प्रशिक्षण दिएका हुन् ।

वर्तमान विश्व आर्थिक प्रणाली, नेपालको आर्थिक अवस्था, नेपालको अर्थ-राजनीतिक भावी कार्यदिशा कसरी अगाडि बढाउने, राजनीतिक प्रणालीले आर्थिक प्रणालीलाई कसरी प्रभाव पारेको छ, नेपाललाई कसरी आर्थिक समृद्धि हासिल गराउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका हुन् ।

ललितपुरको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय रा.प. तृतीय श्रेणीको कर्मचारीको सेवाकालीन तालिमका क्रममा अतिथीको रुपमा भट्टराईले प्रशिक्षण दिँदैं मुलुकको अर्थतन्त्रका विभिन्नका पक्ष, कमजोरी र सुधारका सम्भावनाका बारेमा मन्तव्य राखे ।

उनले नेपालको भौगोलिक अवस्था नै भारततिर ढल्किएकोले नेपालको अर्थतन्त्र भारतमा परनिर्भर रहेको भन्दै चीन र भारतमा उत्पादन नहुने सामग्री नेपालले उत्पादन गरेर विश्वका दुई ठूला बजारमा बिक्री गरेर लाभ हासिल गर्न सक्ने बताए । पुरा पढ्नुहोस…