बादलको प्रस्ताव वामदेवले गरे अस्वीकार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन् ।

बैकमा छलफलका क्रममा नेता थापाले यस्तो प्रस्ताव गरेपछि महासचिव विष्णु पौडेलले समर्थन गरेका थिए । एक सचिवालय सदस्यका अनुसार त्यसपछि बोलेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि प्रस्तावलाई धेरै राम्रो भन्दै कार्यदलको संयोजक उपाध्यक्ष वामदेव गौतमलाई बस्न आग्रह गरेका थिए ।

‘धेरै राम्रो कुरा गर्नुभयो । यो वामदेव कमरेडको नेतृत्वमा बनाऔं,’ बैठकमा भनेको भनाई उदृत गर्दै ती सचिवालय सदस्यले भने । त्यसपछि उपाध्यक्ष गौतमको बोल्ने पालो आएपछि उनले आफू सो कार्यदलमा नबस्ने बताएका थिए । ‘म यस्तो कार्यदलमा बस्दिनँ म फरक प्रस्ताव बोकेर आएको छु । यो कार्यदलले केही हुँदापनि हुँदैन ।’