अभिनेत्री नम्रता श्रेष्ठ र प्रकाशको भिडियोले मच्चायो तहल्का

अहिले सर्वाधिक चर्चामा रहेकी अभिनेत्री नम्रता श्रेष्ठ र गायक प्रकाश सपुतको भिडियोले आ तंक नै म च्चाई रहेको छ । टिककटकदेखि सामाजिक सञ्जालसम्म उनीहरुका भिडियो क्लिपले नै भरिएका छन्। यो गीतको भिडियो अत्यन्तै सफल हुने देखिन्छ ।

छोटो समयमा लोकदोहोरी गीत ‘फु टेका चु रा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं तीनमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ ५ लाख ५८ हजार नाघिसकेको छ।

गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ । गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गर्नुभएको छ । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा पाँच हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ४९ हजारले ‘लाइक’ गरेका छन्।भिडियो