फेसबुकबाट कसरी पैसा कमाउने?

हामी सबैले युट्युबबाट पैसा कमाई हुन्छ भन्ने कुरा त सुनिरहेकै विषय हो। आजभोलि फेसबुकबाट पनि पैसा कमाई हुन्छ भन्ने हल्ला ब्यापक बन्दै गएको छ। त्यसको सत्यता के हो र कसरी गर्न सकिन्छ हेरौं।

फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो।यसमा करिब १.३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन्। प्राय यसका प्रयोगकर्ताहरुले दिनमा एक पटक फेसबुक खोलेकै हुन्छन्। त्यसैले आफ्नो व्यापार व्यसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक सजिलो माध्यम बनेको छ।

साना होस् वा ठूला सबै खाले व्यवसायहरुले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरि प्रचार प्रसार गरिरहेका हुन्छन्। फेसबुकमा तपाईँ हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन्। जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यहीनै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।

फेसबुकले सिधै दिनभरमा यति घण्टा फेसबुक चलाएको भनेर पैसा बाँड्दैन।

यदी तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहकभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकलेनै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ।