नेपालमा राजावादीको प्रदर्शन बढ्न थालेपछि अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

काठमाडौंमा राजनीतिक प्रदर्शन बढ्न थालेपछि यहाँस्थित अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन विशेष सूचना जारी गरेको छ।  

दूतावासले शुक्रबार (हिजो) जारी गरेको सूचनामा शनिबार (आज) काठमाडौंको माइतीघर मण्डलामा ठूलो विरोध प्रदर्शन कार्यक्रम रहेकाले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।  यस्तै आगामी हप्ताको अन्त्यमा काठमाडौंलगायत नेपालका विभिन्न भागमा हुने राजनीतिक विरोध र प्रदर्शनका कार्यक्रमबाट जोगिन अमेरिकी नागरिक र संघ/संस्थाका प्रतिनिधिलाई निवासमै रहन दूतावासले अनुरोध गरेको छ।

खासगरी केही दिनयता काठमाडौंलगायत देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरिरहेका छन्।