सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको श्रीमती सशस्त्र प्रहरीकै सिपाहीले भगाए पछि… (भिडियो)

एउटी आमाकोलागी उस्को सन्तान नै यो संसारमा सबैथोक हुन्छ । सन्तानप्रतिको मोहलाई यो संसारको कुनै कुरासंग साँट्न मिल्दैन । तर उदयपुरमा एउटी आमाले आफ्नै सन्तानको मायालाई एउटा एउटा चाउचाउ, बिस्किट र हजारको नोटसंग साँटेकि छन् । उनले आफ्ना कलिला छोराछोरीको हातमा यी खाने कुरा थमाएर आफु भने अर्कैको श्रीमानसंग भागेकी छन् ।

उदयपुरको चौजण्डेगढी नगरपालिका ६ सिरवानी टोलीकी रुपा बस्नेतले आफ्ना ती अबोध छोराछोरीलाई खाने कुरा दिएर नारायण थापा नाम गरेका व्यक्तिसंग भागेको खबर बाहीरिएको छ । रुपा सशस्त्र प्रहरी बलका बरिष्ठ हवल्दार प्रमोद बस्नेतकी श्रीमती हुन् । र उनलाई भगाउने पनि सशस्त्र पहरी बलकै सिपाही नारायण थापा हुन् ।

यी दुवैले आफ्नो घरमा भएका बालबच्चा सहित आ आफ्नो श्रीमान र श्रीमतीलाई धोका दिएर प्रेम गरी भागेका छन् । यीनीहरुको खोजी कार्य भईरहेको छ । यीनीहरुलाई आफ्न्तकोमा खोजेर नभेटाएपछि सोशल मिडियामा नै यीनीहरुको तस्वीर सार्वजनिक गरिएको छ ।

रुपाले नारायणसंग भागेर जाँदा श्रीमान प्रमोदको कमाईको ९ लाखसंगै ३ तोला सुन समेत लगेको परिवारले बताएको छ । परिवारको भनाई अनुसार प्रमोद सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार हुन् र उनी रिटायर भईसकेका छन् । हाल उनी मलेसियामा कार्यरत छन् ।

रुपा र नायारणको भेट यही श्रावण महिनादेखि भएको हुन सक्ने परिवारको आशंका रहेको छ । रुपाको काका ससुरा र नन्दको भनाई अनुसार रुपाको बानी घरका मानिसहरुसंग कम बोल्ने, घरको काममा भन्दा मोबाईलमा धेरै समय बिताउने रहेको बताईएको छ । घुसघुसे बानीले गर्दा रुपाको चालचलन र चरित्र बुझ्न नसकिएको काका ससुरा सन्त बहादुर बस्नेतले बताएका छन् ।

पोखराबाट उदयपुर सरुवा भएका नारायणको पनि उता घरमा श्रीमती र दुई सन्तान रहेका छन् । नारायण भने हाल सशस्त्र प्रहरी बलमै कार्यरत एक सिपाही हुन् । रुपा नारायणसंग भागेर गएदेखि दुबैका छोराछोरीको बिचल्लि भएको छ भने । रुपका परिवारहरु निकै नै आक्रोशित रहेका छन्।

भिडियो