नेपाली सेनाको गाडीले ठ*क्कर दिँदा कलाकार पुनको नि*धन

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वर चोक नजिकै नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना कलाकारको नि*धन भएको छ।

बिहीबार साँझ त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कलाकार लेख बहादुर पुनको मृ*त्यु भएको हो ।

अर्घाखाँची घर भएका अन्दाजी २६ वर्षीय पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृ*त्यु भएको बताइएको छ । ट्रक र ट्रक चालक जीवन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।