कांग्रेस परित्याग गर्नेको भिड, नेकपामा स्वागत गर्दै पूर्वमन्त्री विष्ट

गुल्मी । गुल्मीमा नेपाली कांग्रेसका नेता कार्यकर्तामा चर्को असन्तुष्टि देखिएको छ । कोरोनाको समयमा समेत नेपाली कांग्रेसका नेता कार्यकर्तामा पार्टी परित्याग गर्ने हतारो देखिएको छ ।
जिल्लाका विभिन्न गाउँपालिकामा पछिल्लो एक सातामा मात्र ५० बढी नेता कार्यकर्ताले स्वतन्त्र रूपमा पार्टी परित्याग गरेका छन । नेपाली कांग्रेस परित्याग गरेका र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संगठित हुन चाहेका नेता कार्यकर्तालाइ नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टले स्वागत गरिरहनु भएको छ । उहाँ पछिल्लो एक सातादेखि गुल्मीमै बसिरहनुभएको छ ।

प्रतिकुल स्वास्थ्य अवस्थाका बाबजुत पनि पूर्वमन्त्री विष्ट गाउँगाउँमा पार्टीका कार्यक्रममा सहभागी भएर संगठन निर्माणमा योगदान गरिरहनुभएको छ । बिहीबारमात्र गुल्मीको मालिका र धुर्कोटमा गरी ३० भन्दा बढी कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन । धुर्कोट गॅाउपालिका – १ तरुणदलका सचिव राजेन्द्र नेपालीसहितका नेताहरू नेकपामा प्रवेश गरेका छन ।

पूर्वमन्त्री विष्टले युवाहरूको आशा र भरोसाको केन्द्र नेकपा बन्ने भन्दै उनीहरूलाइ पार्टीमा उचित जिम्मेवारी दिने बताउनुभएको छ ।