गलबन्दीमा हीट दिएकी शान्तिश्री परियारको मनै रुवाउने गीत सार्वजनिक

काठमाडौं। चर्चित गायिका शान्ति श्री परियार र गायक बसन्त थापा र यम क्षेत्रीको “मेरो हजुर” बोलको गीत सार्वजनिक भएको छ । दिलिप रेग्मीको शब्द तथा संगीत रहेको उक्त गीतमा रमेश सेन्चुरीको एरेंज रहेको छ । आफनो श्रीमान गुमाउनु पर्दाको दुखलाई समेटिएको उक्त गीतमा पिर र वेदनका भाव समावेश गरिएको छ ।

दिलिप रेग्मी , कञ्चन पुन , प्रेरणा बोहरा , सुफिया मिल , सुरेन्द्र हमाल , होम धिताल , शिव शर्मा र रोशन क्षेत्रीको अभिनय रहेको उक्त गीतको भिडियो मरुभुमी नारायणले छायाँकन गरेका हुन् ।

दिलिप रेग्मीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा रहेको मनै रुहाउने गीतको भिडियोमा परिवारको सदस्यको निधनको पिडालाई देखाइएको छ ।

भिडियो हेर्नुहोस: