ओलीले जे भन्यो त्यही हुँदैन: शाक्य

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आफ्नै प्रतिवेदनबारे छलफल हुन लागेको बैठकमा नआएकामा असन्तुष्टि व्यक्त गरेकी छन्।

थापाथली क्याम्पसमा आयोजित दाहाल-नेपाल भेलामा शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कटाक्ष गर्दै विवादमा मुछिएकामा आक्रोश व्यक्त गरिन्।

उनले अध्यक्ष ओलीलाई संकेत गर्दै भनिन्, ‘बैठकमै आउँदिन भनेपछि के सिक्नु भो उहाँले? यो नेतृत्व गम्भीर छैन, आसेपासे सबै बटुल्ने, इमानदारलाई नहेर्ने?’

उनले ओलीले दुबै प्रतिवेदनमा छलफल गर्नुपर्ने बताइन्। ‘ एउटा कम्युनिस्टमा हुनुपर्ने सोच, व्यबहार र शैली खै? ओलीले जे भन्यो त्यही हुन्न,’ उनले भनिन्।