पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।