प्रचण्डलाई फकाउने ओलीको कसरत तीव्र, ईश्वर पोखरेल खुमलटारमा

आफ्नो इच्छाविपरी प्रस्तावित केन्द्रीय सचिवालय बैठकको एक दिन अघि नेकपा अध्यक्ष एवं प्रधानमभन्त्री केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फकाउने कसरत तीव्र पारेका छन्।

ओलीले आफू निकट नेता ईश्वर पोखरेललाई खटाएका छन्। नेता पोखरेल प्रचण्डलाई फकाउन शनिबार बिहान खुमलटार पुगेका हुन्। खुमलटार स्रोतका अनुसार नेता पोखरेलले प्रचण्डलाई सहमतिमा अघि बढेमा पार्टी र आफूहरुको प्रतिष्ठा जोगिने भन्दै फकाउने कोशिस गरेका छन्।

बिहीबार ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पनि खुलमटार पठाएका थिए।

पूर्वघोषणा अनुसार ओली सहभागी नभएपछि बुधबारको सचिवालय बैठक १५ मिनेट मात्रै बसेर भोली शनिबारका लागि ओली आउने विश्वाससहित स्थगित गरिएको थियो।

तर त्यस अगावै ओलीले सबै किसिमको परिस्थिति सामना गर्ने गरी रणनीति निर्माणमा जुटेको बुझिएको छ।

त्यसका लागि ओलीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिव दुई घण्टा छलफल गरेका थिए।

यसो त राष्ट्रपति भण्डारीले प्रचण्डलाई पनि बिहीबार साँझ शितल निवास बोलाएर एक घण्टा छलफल गरेकी छन्।