प्रधानमन्त्री ओली उपचार गरेर स्वदेश फिर्ता, रविन्द्र मिश्र एक घण्टा प्लेनभित्रै

काठमाडौं। उपचारका लागि १६ दिन लामो सिंगापुर बसाइ सकेर प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्किएका छन् । ओली मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

१६ दिन लामो सिंगापुर बसाइका क्रममा उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । बुधवार उपचार सम्पन्न भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपा उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल पनि शुक्रवार नै स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली भदौ ४ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।

ओली स्वदेश फर्किंदा रविन्द्र मिश्र विमानमै जाममा परेपछि‍…

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेपाल भ्रमण वर्ष शुरू गर्नुअगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने क्रममा आफ्नो यात्रा प्रभावित भएपछि मिश्रले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘विराटनगर जान प्लेनमा बसेको १ घण्टा भयो, प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा घण्टा लाग्छ रे, हाम्रो मात्र होइन सिङ्गो विमानस्थलको हाल यही छ,’ मिश्रले फेसबूकमा लेखेका छन्, ‘नेपाल भ्रमण वर्ष शुरू गर्नु अगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न विशेष अनुरोध छ ।’

हेर्नुहोस्, स्टाटस: