आयुर्वेदिक औषधीले कोरोना ठिक गर्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन – रोकाया

जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु पर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औषधीमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जीत हासिल गर्न सकिने बताए । आयुर्वेदिक औषधीले कोरोना भाइरसलाई ठिक गर्ने उनको दाबी थियो ।

‘सरकारले कोरोनाविरुद्धको खोपमा अरबौं रकम खर्च गर्दैछ,’ जटिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष रोकायाले भने, ‘जटिबुटीमा अनुसन्धान गरी औषधी विकास गरेर कोरानाविरुद्ध जीत हासिल गर्न सकिन्छ । । उनले जटिबुटीबाट धेरै रोग ठिक हुने भन्दै देशको ढुकुटीबाट अरबौं विदेशिनबाट जोगिने बताए । उनले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खत रामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गर्दै सरकारले आफ्नो औषधि माथि अनुसन्धान गर्नुपर्ने बताए ।