डा. गोविन्द केसी कोरोनामुक्त

डा. गोविन्द केसी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।

संक्रमण भएको २१ औँ दिनमा डा. केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

संक्रमणमुक्त भएसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसी बिहीबार साँझ डिस्चार्ज भएका छन्।